

फिदिम । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट ज्यान गएको छ ।
उनी भारतबाट पाँच दिन अघि आई क्वारेन्टाइनमा बसेका थिए । स्वासप्रश्वासमा समस्या आएपछि उनलाई पाल्पाको मिसन अस्पतालमा तीन दिनअघि भर्ना गरिएको थियो ।
उनको २० गते मृत्यु भएको हो । उनको स्वाब सङ्कलन गरिएको थियो । र स्वाबको रिपोर्ट पोजेटिभ आएको डा. देवकोटाले जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।