एकैदिन ३३४ संक्रमित थपिए, कूल संक्रमितको संख्या २६३४ पुग्यो



फिदिम । पछिल्लो २४ घण्टामा नेपालमा ३३४ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका छन् ।

उनीहरुमध्ये ३१९ पुरुष छन् । देशभर अब २ हजार ६३४ जना सङ्क्रमित देखिएका छन् । जसमध्ये महिला १८४ जना छन् । जसमध्ये प्रदेश नं. १ का १२ जिल्लामा १९७ जना सङ्क्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार देशभरका ६५ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।

हाल २१ स्थानमा पीसीआर परीक्षण भइरहेको छ । पछिल्लो पटक सङ्क्रमित ब्यक्तिको संख्यामा उल्लेख्य वृद्धि भएको छ । प्रादेशिक प्रयोगशाला विराटनगरमा मोरङ सुन्दरहरैँचाका एक जनाको पोजेटिभ नतिजा आएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १८ जनाको पोजेटिभ आएको छ । जसमध्ये झापा भद्रपुरको क्वारेन्टाइनमा रहका तीन जना, ताप्लेजुङ घर भई भोक्राहा सुनसरीमा रहेका एक जना, मोरङ घर भई भोक्राहामै रहेका एक जना, सप्तरी राजविराजका १३ जनाको पोजेटिभ आएको छ ।

यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा पाँच जना पोजेटिभ देखिएका छन् । उनीहरुमध्ये झापा कचनकवलका दुई जना र खोटाङको हलेसीका तीन जना रहेका छन् ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा सप्तरीका एक जना सङ्क्रमित देखिएका छन् । प्रादेशिक प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा नौ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये सात जना बाराका, सिन्धुली कमलामाईका एक जना र रौतहटका एक जना पनि सङ्क्रमित देखिएका छन् ।

यस्तै पोखरामा गरिएको परीक्षणमा १६ जनाको पोजेटिभ आएको छ । उनीमा म्याग्दीका एक जना, बाग्लुङका १० जना, पर्वतका चार जना, स्याङ्जाका एक जना छन् ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा तीन जनाको पोजेटिभ आएको छ । उनीहरु सबै डोटीका छन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा ४२ जनाको पोजेटिभ आएको छ । उनीहरु सबै बाँकेका छन् ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनाको पोजेटिभ आएको छन् । उनीहरु सबै कपिलवस्तुका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १५ जना पोजेटिभ देखिएका छन् । उनीहरु सबै दाङका रहेका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १०६ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये मुगुका एक जना छन् भने बाँकी १०५ दैलेखका जना छन् । उनीहरुमध्ये एक बालक र एक बालिका पनि छन् ।

यस्तै प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ आएको छ । उनीहरु सबै दैलेखका छन् । दुई वर्षीय एक बालक समेत छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९३ जनाको पोजेटिभ आएको छ । उनीहरुमध्ये ५ जना बाराका, धनुषाका ६ जना, कपिलवस्तुका १२ जना, महोत्तरीका ३ जना, रौतहटका ६४ जना छन् । जहाँ छ महिने बालिका पनि छन् । सर्लाहीका तीन जना छन् ।

हालसम्म पीसीआर विधिबाट हालसम्म ८४१३४ वटा परीक्षण गरिएको छ भने आरडिटी विधिबाट १ लाख २४ हजार ५६४ परीक्षण गरिएको छ । गत २४ घण्टामा पिसिआर विधिबाट ३८७६ वटा परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा हाल कूल १ लाख ६१ हजार २६२ जना ब्यक्तिहरु रहेका छन् । जसमध्ये प्रदेश नं. १ मा ३ ९६३ जना, प्रदेश २ मा २२ हजार ४१९ जना, बागमती प्रदेशमा ३२३८ जना, गण्डकी प्रदेशमा ४२९७ जना, प्रदेश ५ मा ३६९३९ जना, कर्णाली प्रदेशमा ३२५६५ जना र सुदूरपश्चिम प्रदेशमा ५८२४१ जना छन् ।

कोरोना संक्रमितहरुमध्ये हालसम्म २९० जना डिस्चार्ज भएका छन् । जसमा प्रदेश नं. १ मा ४८ जना, प्रदेश २ मा ११९ जना, बागमतीमा ३२ जना, गण्डकीमा ३ जना, प्रदेश ५ मा ७९, कर्णालीमा २ र सुदूरपश्चिममा ७ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्