नेपालमा कोरोना सङ्क्रमितको संख्या एक हजार नाघ्यो



फिदिम । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित हुनेको संख्या एक हजार नाघेको छ ।

१५६ कोरोनाभाइरस सङ्क्रमित थपिएको र थप एक जनाको मृत्यु भएको बिहीवार पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधवार अपराह्ण नेपालमा अब सङ्क्रमितको कुल संख्या १,०४२ पुगेको बताए ।

यो एकै दिन बढेको सर्वा्धिक सङ्ख्या हो। सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन् । कोभिड-१९ बाट मृत्यु हुनेको संख्या अब पाँच पुगेको छ । अहिले पुष्टि भएका व्यक्ति ललितपुरका ५६ वर्षीय पुरुष भएको मन्त्रालयले जनाएको छ ।

बुधवार ११४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्म निको हुनेको संख्या १८७ छ । वीरगन्जस्थित नारायणी अस्पतालबाट चार जना बिदा भएपछि भाइरसमुक्त हुने सङक्रमितको संख्या बढेको हो ।

डा. देवकोटाका अनुसार सङ्क्रमित व्यक्ति फेला परेको जिल्लाको संख्या ५१ पुगेको छ । अहिलेसम्म प्रदेश नं १ र २ का आठ-आठ, वाग्मती प्रदेशका १२, गण्डकी प्रदेशका चार, प्रदेश नं ५ का नौ, कणर्ाली प्रदेश तीन र सुदूरपश्चिम प्रदेशका सातवटा जिल्लामा सङ्क्रमित फेला परेका छन् ।

मन्त्रालयको तथ्याङ्ककअनुसार अहिले देशभरि ८६,०५७ व्यक्ति क्वारन्टीन र ८५० जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन् । अहिलेसम्म पीसीआर विधिबाट कुल ६०,६९६ वटा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

अहिले प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्क्रमित छन् । प्रदेश नं २ का जिल्लामा फेला परेका सङ्क्रमितहरू अधिकांश भारतबाट फर्किएर क्वारन्टाइनमा भएका ब्यक्तिहरु छन् । तर सप्तरीमा क्वारन्टाइनको सुरक्षाका लागि खटिएका एक प्रहरीमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

अहिले प्रदेश नं २ मा ३१३ सङ्क्रमित छन् भने १०१ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट बिदा भइसकेका छन् । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्