

फिदिम, ११ जेठ
पाँचथरका स्थानीय तहका प्रमुखहरुले भारत सहित विदेशबाट आउने नागरिकलाई स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाउन माग गरेका छन् ।
जिल्ला समन्वय समितिले हालै फिदिममा आयोजना गरेको भेलामा स्थानीय तहका प्रमुखहरुले विदेशबाट आएकाहरुको स्वाब परीक्षण नगरी गाउँ पठाउँदा उत्पन्न हुने परिस्थिति सामना गर्न कठीन हुने वताएका हुन् । शीघ्र डाइग्नोष्टिक परीक्षण (आरडिटी) विश्वासनिय नभएको वताउँदै उनीहरुले पीसीआरपछि मात्रै विदेशबाट आएकाहरुलाई गाउँ पठाउन माग गरेका छन् ।
“बाहिरबाट आउनेहरु गाउँमा पुगेपछि न क्वारेन्टाइन प्रभावकारी हुन्छ न त होम क्वारेन्टाइन नै”, जिल्लाको हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले भन्नुभयो, “आरडिटी परीक्षणप्रति आम मानिसमा विश्वास छैन् । यसैले विदेशबाट आउने सबैको स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाइयोस् ।” अध्यक्ष लिङ्देनले विना परीक्षण विदेशबाट ल्याइएकालाई गाउँ पु¥याउँदा सङ्क्रमण फैलन डर समेत उत्तिकै रहने वताउनुभयो ।
भारत सहित अन्य मुलुकमा अलपत्र परेका तथा उद्धार गर्नुपर्ने अवस्थाका नागरिकलाई गाउँमा ल्याएर राख्ने विषयमा स्थानीय तहका जनप्रतिनिधिहरुले यस्तो गुनासो ब्यक्त गरेका हुन् । उनीहरुले विदेशबाट ल्याइने नागरिककै कारण गाउँ–गाउँमा कोभिड–१९ को सङ्क्रमण फैलन त्रास समेत ब्यक्त गरेका छन् ।
तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले सदरमुकाम आसपासमा ब्यवस्थित क्वारेन्टाइन निर्माण गरी विदेशबाट आउनेहरुलाई दुई सातासम्म राख्ने प्रवन्ध गर्न आग्रह गर्नुभयो । “बरु क्वारेन्टाइनमा भएको खर्च हामी आफैँ ब्यहोर्छौँ”, अध्यक्ष थापाले भन्नुभयो, “सकभर विदेशबाट आउनेहरुलाई फिदिममै राखियोस् ।”
सदरमुकाम बाहिरका स्थानीय तहहरुमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प¥याप्त नहुँदा विगतमा क्वारेन्टाइन सञ्चालन एवम् सुरक्षा कायम गर्न कठीनाई परेको जिल्लाको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ तथा कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको निश्कर्ष छ ।
“प¥याप्त सुरक्षाकर्मी नहुँदा हामीले क्वारेन्टाइन ब्यवस्थापमा स्वयम्सेवक समेत परिचालन ग¥र्यौँ”, कुम्मायक गाउँपालिकाका अध्यक्ष चेम्जोङले भन्नुभयो, “स्थानीयवासी भएकै कारण क्वारेन्टाइनमा बस्नेहरुले स्थानीय तहलाई पत्याएनन् । ब्यवस्थापनमा समस्या भयो ।”
विगतमा विदेशबाट आएका, तिनको सम्पर्कमा पुगेका तथा जिल्ला बाहिरबाट ल्याइएकाहरुलाई यहाँका क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राख्दा अनावाश्यक झण्झट ब्यहोर्नु परेको तथा क्वारेन्टाइनमा बस्नेहरुले अनावाश्यक सुविधा खोजेको स्थानीय तहका जनप्रतिनिधिहरुको साझा गुनासो छ ।
जनप्रतिनिधिहरुले रोजगारीका लागि खाडी मुलुक लगायत अन्य देशमा गएका नागरिकहरु समेत स्वदेश फर्कनसक्ने भएकाले सदरमुकाम आसपासमा ब्यवस्थित क्वारेन्टाइन निर्माण गर्नुपर्ने आवश्यकता समेत औँल्याए ।
“सङ्क्रमण फैलने क्रमले चाँडै यो महामारी रोकिने देखिएन् । त्यसैले स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर अस्थायी तर ब्यवस्थित क्वारेन्टाइन बनाऔँ”, हिलिहाङ गाउँपालिकाका अध्यक्ष लिङ्देनले भन्नुभयो ।
काठमाण्डौँबाट यहाँका वासिन्दा ल्याइएपछि जनप्रतिनिधिहरुले अतिरिक्त दबाव भोग्नुपरेको गुनासो गरे । “धेरै सङ्क्रमित भएका तराईका जिल्लाबाट समेत गाउँ आउन पाउनुप¥यो भनेर दर्जनौँ फोन आउँछन्”, जिल्लाको फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले भन्नुभयो, “काठमाण्डौैँमा बस्नेलाई लैजाने, हामीलाई नलैजाने भन्छन् । ल्याउन पनि नहुने, नल्याउँदा पनि नहुने स्थिति आइप¥यो ।”
जिल्ला याङवरक गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी योङहाङ रातारात एम्बुलेन्स तथा खाद्यान्न ढुवानी गर्ने साधनमा आउनेहरुले स्थानीय तहहरुलाई समस्या थपदिएको वताउनुहुन्छ । कतिपय स्थानमा त सङ्क्रमित भेटिएका जिल्लाबाटै पैदल यात्रा गरेर आउने क्रम समेत देखिएपछि जनप्रतिनिधिहरु चिन्तित बनेका छन् ।
“मोरङबाट हिँडेर केही घण्टामा आइपुग्छन् । आएर गाउँमा बस्छन् । पछि क्वारेन्टाइनमा राखेर के गर्नु ?” जिल्लाको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले भन्नुभयो, “इलामका कतिपय स्थानीय तहमा क्वारेन्टाइन समेत छैनन् । हामीले मात्रै सतर्कता अपनाएर के गर्नु ?”
यस्तै हालै बसेको सर्वपक्षीय भेलाले सदरमुकाम फिदिम नगरपालिका तथा सात वटै गाउँपालिकामा सरकारले तोकेको मापदण्डअनुसारका सकेसम्म धेरै वेड क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
भेलाका सहभागीहरुले मंहगी नियन्त्रण गर्न, एम्बुलेन्सबाट भइरहेको आवागमन रोक्न, शिक्षक, कर्मचारी र दलका कार्यकर्तालाई क्वारेन्टाइन ब्यवस्थापनमा खटाउन समेत आग्रह गरेका थिए ।