नेपालमा कोरोना सङ्क्रमितको संख्या पाँच सय नाघ्यो



फिदिम । नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको संख्या पाँच सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज पछिल्लो पटक मात्रै नयाँ संक्रमित १९ जना सङ्क्रमित भेटिएका थिए । जससँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ५०७ पुगेको छ ।

आज सेती प्रादेशिक अस्पतालमा कैलालीका ३ जना १९, २३, २६ वर्षका पुरुष, डडेल्धुराका २८ वर्षीय पुरुष, वैतडीका २२ वर्षीय पुरुषको स्वाबको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १४ जना सङ्क्रमित भेटिएको डा. देवकोटाले जानकारी दिनुभयो । उनीहरु बाँकेको राप्तीसोनरी र नरैनापुरका वासिन्दा र १८ देखि ६१ वर्षका छन् ।

यस्तै मोरङको रतुवामाईका एक पुरुष पनि सङ्क्रमित भेटिएका छन् । नेपालमा भेटिएका ५०७ जना सङ्क्रमित नेपालका ४० जिल्लाका छन् । प्रदेश नं. मा ८५ जना सङ्क्रमित भेटिएका छन् । नेपालमा यसअघि आजै ३० जना सङ्क्रमित थपिएका थिए ।

आजै नेपालगञ्जका २१ जना निको भएर डिस्चार्ज भएका छन् । नेपालमा क्वारेन्टाइनमा २७ हजार र आइसोलेसनमा चार सय बढी छन् ।

प्रतिक्रिया दिनुहोस्