कोरोनाको परीक्षण र सफल उपचारको प्रवन्ध प्रदेश सरकारले गर्छः मन्त्री आङ्बो



फिदिम । प्रदेश नं. १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले कोरोना भाइरस सङ्क्रमणको परीक्षण र सफल उपचारको प्रवन्ध गर्ने विश्वास दिलाउनुभएको छ ।

सामाजिक सञ्जालमा प्रदेश भित्रको परीक्षण र उपचारको अवस्थाबारे धारणा राख्दै मन्त्री आङ्बाले सबै सङ्क्रमितहरुलाई स–कुशल घर पठाउनेसम्मको कार्य प्रदेश सरकारले गर्ने वताउनुभएको हो ।

उहाँका अनुसार हालसम्म प्रदेश भित्र पीसीआर विधिबाट ३ हजार ७७ जना तथा आरडिटी विधिबाट ९ हजार ८३७ जनाको कोरोरा सङ्क्रमणको परीक्षण गरिएको छ ।

परीक्षणबाट प्रदेश नं. १ का सात वटा जिल्लामा ७६ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । जसमध्ये २६ जना सफल उपचारपछि घर फर्किएका छन् ।

कोरोना परीक्षणको दायरा फराकिलो बनाउने प्रदेश सरकारको निर्णयअनुसार स्रोत साधनको उपलब्धताका आधारमा परीक्षणलाई तीव्रता दिइने मन्त्री आङ्बाले वताउनुभयो ।

उहाँले प्रदेशवासीलाई ढुक्क हुन आग्रह गर्दै भन्नुभएको छ “यहाँहरु ढुक्क हुनुहोस्, क्वारेन्टाइन, परीक्षण, उपचार र सकुशल घर फर्कनेसम्मको काम प्रदेश सरकारले निशुल्क गरेको छ र गर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्