विदेशमा रहेका जिल्लावासीको ब्यवस्थापनको तयारी सुरु



फिदिम, ७ जेठ

पाँचथरमा भारत सहित अन्य मुलुकहरुमा रहेका जिल्लावासीहरुको ब्यवस्थापनको तयारी सुरु भएको छ ।

हालै बसेको जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रको बैठकले विदेशमा रहेका नागरिकहरु कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण जिल्ला फर्किएको अवस्थामा गर्नुपर्ने ब्यवस्थापनको तयारी थाल्ने निर्णय गरेको हो ।

यसका लागि स्थानीय तहहरुले तथ्याङ्क सङ्कलन, क्वारेन्टाइन निर्माण तथा अन्य ब्यवस्थापकीय कार्यहरु अघि बढाउने भएका छन् । यहाँका सबै स्थानीय तहहरुले भारत सहित विदेशमा रहेका आ–आफ्ना नागरिकहरुको विदेश गएको मिति र जानु कारण सहितको विवरण तयार पार्ने भएका छन् ।

लागि स्थानीय तहहरुले तथ्याङ्क सङ्कलन, क्वारेन्टाइन निर्माण तथा अन्य ब्यवस्थापकीय कार्यहरु अघि बढाउने भएका छन् । यहाँका सबै स्थानीय तहहरुले भारत सहित विदेशमा रहेका आ–आफ्ना नागरिकहरुको विदेश गएको मिति र जानु कारण सहितको विवरण तयार पार्ने भएका छन् ।

यस्तै तत्कालै भारतमा रहेका नेपालीहरु स्वदेश भित्रन थालेमा सीमा नाकाका होल्डिङ स्थलबाट स्कृनिङ र परीक्षण भई सम्बन्धीत जिल्लाको स्थानीय तहमा आउँदा हाल रहेका क्वारेन्टाइन अपुग हुने उक्त बैठकले निश्कर्ष निकाले सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले वताउनुभयो ।

उनीहरुको ब्यवस्थापनका लागि सदरमुकाम फिदिममा ५०० वेड तथा जिल्लाका अन्य सात वटा गाउँपालिकामा एक÷एक सय वेडको क्वारेन्टाइन निर्माण गर्ने बैठकले निर्णय गरेको छ । यसका लागि जिल्ला समन्वय समितिले स्थानीय तहहरुसँग समन्वय गर्नेछ ।


बैठकले कोभिड–१९ को बढ्दो सङ्क्रमण र सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी स्थानीय तहसँगको समन्वयमा सुरक्षा निकायले बाहिरी जिल्लाबाट पैदल हिँडेर आउनेहरुलाई प्रवेशमा रोक लगाउने निर्णय समेत गरेको सहायक प्रजिअ तुम्रोकले वताउनुभयो । यस्तै जिल्लामा अत्यावाश्यक सेवा र निर्माण क्षेत्रका सवारी सञ्चालन पास प्राप्त सवारी साधनलाई आफ्नो क्षेत्र र निश्चित समयमा मात्रै प्रयोग गर्न दिइने भएको छ ।


यस्तै फिदिम स्थित समर्पित अस्पतालमा रहेका ५१ वेडको क्वारेन्टाइनलाई २० वेडको आइसोलेसन वार्डमा परिणत गरिएको छ । यहाँ फिदिममा ३६ वेडको आइसोलेसन वार्ड तथा आठ स्थानीय तहका ३६ वटा स्थानमा ५६१ वेडको क्वारेन्टाइन रहेका छन् । प्रत्येक स्थानीय तहमा एम्बुलेन्स तथा अन्य सवारीका साधन प्रयोगका लागि तयारी अवस्थामा राखिएको जिल्ला विपत ब्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्