सोमवार एकैदिन ६२ जनामा कोरोना सङ्क्रमण भेटियो



फिदिम । नेपालमा सोमवार ६२ जनाको सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमित संख्या ३५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमवार अपराह्ण थप ५३ जनामा सङ्क्रमण पुष्टि गरेका हुन् । यसअघि सोमवार बिहान मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत नौ जनाको सङ्क्रमण पुष्टि गरेको थियो ।

डा. देवकोटाले बाँके जिल्लामा ४६ जना पुरुष र एक महिलाको भेरी अस्पतालको प्रयोगशालामा, मोरङका एक जना पुरुषको विराटनगर प्रादेशिक प्रयोगशालामा, गुल्मीका एक पुरुष भैरहवाको प्रयोगशालामा र धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषा, रौतहट, धादिङ र दाङका एक–एक जना पुरुषको सङ्क्रमण पुष्टि भएको बताए ।

“उहाँहरू सबै जना १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका हुनुहुन्छ” उनले भने । अब नेपालमा ३१ जिल्लाका नागरिकहरू सङ्क्रमित भएका छन् । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्