जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय



फिदिम । सरकारले लकडाउन थप १५ दिन लम्ब्याउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारले पछिल्लो पटक गरेको लकडाउनको समयसीमा सोमबार मध्यरातिबाट सकिँदै थियो ।

यसअघि आइतबार दिउँसो बसेको उच्चस्तरीय समन्वय समितिको बेठकले लकडाउन १५ दिन बढाउन सरकारलाई सिफारिस गरेको थियो । कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि नेपालमा गत चैत ११ गतेदेखि लकडाउन जारी छ ।

प्रतिक्रिया दिनुहोस्