विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो



फिदिम । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ ।

कोरोना संक्रमणको तथ्यांक राख्दै आएको वर्डमिटर डटइन्फोका अनुसार शुक्रबार विहानसम्ममा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ३७२ पुगेको छ ।

यस्तै विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४५ लाख २५ हजार ४२० पुगेको छ । उनीहरुमध्ये १७ लाख ३ हजार जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश अमेरिकामा हालसम्म १४ लाख ५७ बढीमा संक्रमण भएको छ भने ८६ हजार ९ सय बढीले ज्यान गुमएका छन् । अमेरिकामा ३ लाख १८ हजार बढी निको भएका छन् ।

अमेरिकापछि स्पेनमा संक्रमित संख्या २ लाख ७२ हजार र रसियामा २ लाख ५२ हजार संक्रमित छन् । स्पेनमा मृतक संख्या २७ हजार ३ सय बढीले ज्यान गुमाएका छन् भने रसियामा २ हजार ३ सयको मृत्यु भएको छ ।

बेलायतमा २ लाख ३४ हजार ४ सय ४० जना संक्रमित भएका छन् र ३३ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ । इटलीमा २ लाख २३ हजार ९६ जनामा संक्रमित भएका छन् भने ३१ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा २ लाख २ हजार ९ सय १८ जना संक्रमित भएका छन् र १३ हजार ९ सय ९८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्