थप ९ जनामा कोरोना, जम्मा सङ्क्रमित २६७



फिदिम । नेपालमा शुक्रबार थप ९ जनाको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।

यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्