
फिदिम । नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले आज विहान सार्वजनिक गरेको तथ्याङ्कमा थप नौ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख छ । राष्ट्रिय प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका आठ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो
बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा ३७ वर्षका पुरुषमा सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।