आर्थिक पुनर्उत्थानलाई केन्द्रमा राखेर सरकारले ल्यायो नीति तथा कार्यक्रम



फिदिम । सरकारले मुलुकको आर्थिक पुनर्उत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको छ ।

शुक्रबार आगामी आबको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने उल्लेख छ । देशको अर्थतन्त्रलाई उत्पादनशील र सुदृढ तुल्याउने सरकारले जनाएको छ ।

कोभिड–१९ ले राष्ट्रको अर्थतन्त्रमा प्रभाव पारेकाले त्यसको पुनर्उत्थानका लागि सरकारले विविध कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयन गरिने सरकारको घोषणा छ ।

आर्थिक गतिविधि बढाउने, उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी गर्ने, फजुल खर्च घटाउने, विकास–निर्माणको समन्यायिक वितरण, रोजगारीका अवसरको सिर्जनालाई विशेष जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्