थप तीन जना सहित देशभर २४९ जनामा कोरोना सङ्क्रमण पुष्टि



फिदिम । बिहीबार साँझ थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौं, धादिङ र धनुषामा १÷१ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका काठमाडौं दहचोकका ७ वर्षीय बालक, धादिङका ३० वर्षीय महिला र जनकपुरका १७ वर्षीय महिला छन् । विहीवार नै अन्य तीन जनामा समेत सङ्क्रमण भेटिएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । उनीहरुमध्ये ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्