दुई जना सङ्क्रमित थपिए, कुल सङ्क्रमण संख्या २१९



फिदिम । बुधवार थप दुई जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका २२ वर्षिय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

यसअघि आजै बाँके जिल्लाका ३६ वर्षिय पुरुषको नमुना धुलिखेल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सङ्क्रमण देखिएको थियो । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २१९ पुगेको छ ।

नेपालमा २४ घण्टामा ३,००० भन्दा बढी परीक्षण

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ३,०४९ परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधवारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले २,३५७ परीक्षण पीसीआर विधिबाट र ६९२ परीक्षण आरडीटी विधिबाट गरिएको जानकारी दिए ।

हालसम्म देशभर पीसीआर विधिबाट २१,३०० भन्दा बढी र आरडीटी विधिबाट लगभग ६०,४०० परीक्षण गरिएका छन् । अधिकारीहरूले बुधवार दुईवटा थप सङ्क्रमण पुष्टि भएको जनाएका छन् ।

वीरगञ्जमा दुई जना सङ्क्रमित शौचालयको झ्याल तोडेर भागे

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरू शौचालयको झ्याल फोडेर भागेका अस्पताल अधिकारीले बताएका छन् ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार हिजो सङ्क्रमण देखिएपछि उनीहरूलाई उपचारका लागि त्यहाँ ल्याइएको थियो ।

पर्सा जिल्लामा कुल सङ्क्रमितको संख्या ८२ रहेको छ । तीमध्ये केहीको हालसम्म पनि उपचारको प्रबन्ध हुन नसकेको बताइएको छ । (बीबीसी नेपालीबाट)

प्रतिक्रिया दिनुहोस्