नेपालमा कोरोना सङ्क्रमितको संख्या १९१ पुग्यो



फिदिम । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या १९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले जारी गरेको विज्ञप्तिअनुसार आज ५७ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । उनीहरु मध्ये सबैभन्दा बढी पर्साका ३९ जना छन् ।

यस्तै रुपन्देहीका नौ जना, कपिलबस्तुका आठ जना र बाराका एक जनामा रहेका छन् । हिँजो २४ जना कोरोना सङ्क्रमित भेटिएकामा आज ५७ जना भेटिएका हुन् ।

लकडाउन उल्लङ्घन, परीक्षणमा वृद्धि र भारतबाट नेपाल प्रवेश गर्ने क्रमले नयाँ सङ्क्रमितको संख्या ह्वात्तै बढेको हो । सङ्क्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्