ट्रयाक्टर दुर्घटनामा पाँचथरका एक युवकको मृत्यु



फिदिम । ताप्लेजुङको श्रीजंगा गाउँपालिका–२ मा ट्रयाक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

सोमवार विहान खादिम्बे तर्फ खाद्यान्न लिन जाँदै गरेको जनमेजय निर्माण सेवा प्रा.लि. को प्रदेश १–०१–००१ त ८२४८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करीब १०० मिटर तल झरेको थियो ।

दुर्घटनामा ट्रयाक्टर चालक पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ५ का २२ बर्षीय निर्मल लामिछानेको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनामा ट्रयाक्टरका सहचालक स्थानीय १९ बर्षीय रुद्र पौडेल घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्