लडेर वृद्धको मृत्यु



फिदिम, १३ वैशाख

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा लडेर एक वृद्धको मृत्यु भएको छ । मिक्लाजुङ–६ कन्याटारका ९० बर्षीय सुरेन्द्र राईको शुक्रवार लडेर मृत्यु भएको छ ।

आफ्नै बारीमा घाँस काट्ने क्रममा लडेका राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । लडेर ढुङ्गामा बजारिँदा राईको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्