मन्त्री आङ्बोको पहलमा स्थानीय तहलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान



फिदिम, १३ वैशाख

करुणा फाउण्डेसनले पाँचथरका स्थानीय तहहरुलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ ।

प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा मातृशिशू तथा अपाङ्गताको क्षेत्रमा सक्रिय फाउण्डेसनले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।

उण्डेसनले ब्यक्तिगत सुरक्षा उपकरण (पीपीई), थर्मोमिटर, एन–९५ मास्क, सर्जिकल ग्लोब्स, सेनिटाइजर लगायत सामग्री उपलब्ध गराइएको हो ।

मन्त्री आङ्बोका अनुशार फिदिम नगरपालिकालाई तीन÷तीन थान पीपीई र थर्मोमिटर, १० थान एन–९५ मास्क, १० लिटर सेनिटाइजर, सर्जिकल ग्लोब्स ५०० थान लगायतका सामग्री प्रदान भएको छ ।

सात वटा गाउँपालिकाहरुलाई दुई/दुई थानका दरले पीपीई र थर्मोमिटर तथा, ५ सय थानका दरले ग्लोब्स, सेनिटाइजर, हेण्डवासिङ सामग्री प्रदान गरिएको छ । सहयोग गरिएका स्वास्थ्य सुरक्षा सामग्री यहाँका स्थानीय तहमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्