
फिदिम । पाँचथरको फिदिम वडा नं. ३ लालिखर्कका ३६ वर्षीय बोलिराज राईको लडेर मृत्यु भएको छ ।
सोमवार दिउँसो करीब १ बजे फिदिम–७ असिनेखोला छेउमा गोरेटो बाटोबाट चिप्लिएर लड्दा राईको ज्यान गएको हो ।
स्थानीयवासीले बाटो मुनि मृत अवस्थामा राईलाई भेटेपछि प्रहरीलाई खवर गरोक थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।