
फिदिम, ४ वैशाख
पाँचथरमा छ वटा स्थानीय तहहरुले राहत वितरण थालेका छन् ।
लकडाउनबाट प्रभावित भएका दैनिक ज्यालादारी गर्ने मजदूर तथा कमजोर आर्थिक अवस्थाका परिवारलाई राहत वितरण थालिएको हो ।
जिल्लाको फिदिम नगरपालिकाले करीब एक हजार परिवार, याङवरक गाउँपालिकाले ३३९ परिवार, हिलिहाङले ११३९ परिवार, फालेलुङले ११४३ परिवार, फाल्गुनन्दले ४९० परिवार तथा कुम्मायकले ४५२ परिवारलाई राहत वितरण गरिरहेका छन् ।
यी मध्ये अधिकांश स्थानीय तहमा वितरणको काम सम्पन्न भइसकेको छ । जिल्लाको तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाले भने राहत वितरणका लागि प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएका छन् ।