
फिदिम, ४ वैशाख
पाँचथरमा शीघ्र डाइग्नोष्टिक परीक्षणका क्रममा क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुबाट सङ्कलित स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
शीघ्र डाइग्नोष्टिक परीक्षण गरिएका १२९ जनामध्ये कोभिड–१९ सँग केही लक्षण मिल्ने स्वास्थ्य समस्या भएका ११ जनाको स्वाब सङ्कलन गरिएको थियो । उनीहरु सबैको स्वाबको रिपोर्ट नेगेटिभ आएको हो ।
सङ्कलित स्वाबको कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा नेगेटिभ आएको जिल्ला अस्पताल पाँचथरले जनाएको ।
पाँचथरमा यसअघि नौ जना शङ्कास्पद विरामीको स्वाब पनि परीक्षण गरिएको थियो । उनीहरु सबैको नतिजा नेगेटिभ आएको थियो ।
यसैगरी होम क्वारेन्टाइनमा बसेका १३ जनाको शीघ्र डाइग्नोष्टिक परीक्षण बुधवार सम्पन्न भएको छ । उनीहरु सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।