झापाका युवामा कोरोना सङ्क्रमण देखिएन्



विराटनगर, ४ असार

प्रदेश १ मा पहिलो पटक झापाका एक युवामा बुधबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा पोजेटिभ देखिएकोमा स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

एक महिनाअगाडि दुबईबाट आएका झापा हल्दीबारीका युवकको आरडिटीमा कोरोना पोजेटिभ देखिएपछि स्वाब परीक्षणको लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याइएको थियो ।

कोशी अस्पतालको रिपोर्टमा उनमा कोरोना भाइरस नदेखिएको उल्लेख छ । प्रदेशको सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपनि ती युवकसहित परिवारका चार सदस्यको स्वाब संकलन गरेर विराटनगर ल्याइएको थियो ।

विराटनगरको कोशी अस्पतालमा पिआरसी बिधिबाट स्वाब परीक्षण भएपछि मात्र उनमा कोरोना भए नभएको यकिन हुने मन्त्रालयले जनाएको थियो । कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले झापाको हल्दीबारीबाट आएको २१ जनाको स्वाबको नमुना परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको पुष्टि गर्नुभएको छ ।

आरडीटीमा पोजिटिभ हुनेबित्तिकै स्वाब परीक्षणको परिणाम पनि पोजिटिभ नहुने यसअघि देखिसकेको छ । चिकित्सकहरुका अनुसार पहिले कोरोनाको संक्रमण भएको र रोग प्रतिरोध क्षमताको कारण त्यसलाई परास्त गरेकाहरुको रगत परीक्षणमा आरडिटी पोजेटिभ देखिन्छ ।

पछिल्लो पटक र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा कैलालीकी एक महिलाको नेगेटिभ रिपोर्ट आएकोमा पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ मंगलबार सप्तरीसहित विभिन्न जिल्लाका ६ जनामा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएकोमा पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।

हल्दिवारी गाउँपालिकामा विदेशबाट आएका ४ जना क्वारेन्टाइनमा र ५१ जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् । हल्दिवारीमा ७० जना भन्दा बढी व्यक्ति दुबई, कतार, मलेशिया, बराइन, ओमन लगायतका देशबाट फर्किएका रहेको गाउँपालिकाले जनाएको छ । (हाम्रोमत डटकमबाट साभार)

प्रतिक्रिया दिनुहोस्