
ताप्लेजुङ, २४ चैत
आफैँले चलाइरहेको स्काभेटर निर्माणाधीन सडकबाट खस्दा ताप्लेजुङमा स्काभेटर चालकको मृत्यु भएको छ ।
चितवनको इच्छामनकामना–३ सौराहा बस्ने २७ बर्षीय चित्रकुमार गुरुङको स्काभेटर दुर्घटनामा मृत्यु भएको हो । उत्तर दक्षिण दोभान–ओलाङचुङगोला सडक निर्माणमा प्रयोग भइरहेको उक्त स्काभेटर आइतवार दिउँसो ताप्लेजुङको फक्तालुङ गाउँपालिका–६ फेदीखोला स्थित सडकबाट करीब एक सय मिटर तल खसेको थियो । दुर्घटनामा स्काभेटर चालक गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।