आगलागीबाट १५ लाख बराबरको क्षति



तेह्रथुम, २४ चैत

तेह्रथुमको एक घरमा आगलागी हुँदा करीब रु. १५ लाखको क्षति भएको छ ।

तेह्रथुमको छथर गाउँपालिका वडा नं. ४ फाक्चामाराका सूर्यबहादुर लिम्बूको घरमा आगलागी हुँदा करीब रु. १५ लाख बराबरको क्षति भएको छ । आइतवार बिहान ८ बजे विद्युत सर्ट भई आगलागी हुँदा लिम्बूको ढुङ्गा माटोले बनेको २ तले दुई वटा घर र गाई गोठ जलेर नष्ट भएको छ ।

आगलागीमा घर तथा गोठमा भएका सम्पूर्ण काठपात, खाद्यान्न, लत्ताकपडा समेत जलेर नष्ट भएका छन् । आगलागीमा गोठमा रहेका १० वटा बाख्रा र एउटा सुँगुर समेत जलेर मरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्