रुखको हाँगाले लागेर मृत्यु



फिदिम, २३ चैत

पाँचथरमा एक ब्यक्तिको रुख ढाल्ने क्रममा रुखको हाँगाले लागेर मृत्यु भएको छ ।

जिल्लाको फालेलुङ गाउँपालिका–५ लुदिनका ३५ वर्षीय मिलन राईको स्थानीय सामुदायिक वनमा रुख ढाल्ने क्रममा रुखको हाँगाले लागेर मृत्यु भएको हो ।

प्रहरी कार्यालय पाँचथरका अनुसार शनिवार दिउँसो ३ बजे रुढ ढाल्ने क्रममा रुखको हाँगाले लागेर राई गम्भीर घाइते भएका थिए । स्थानीयवासीले उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याउने क्रममा राती ९ः३० बजे बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्