राहतका लागि ‘खाद्य वैङ्क’ स्थापना



फिदिम, २३ चैत

लकडाउनका कारण जिविकोपार्जनमा समस्या भएका परिवारहरुलाई राहत दिन पाँचथरका ‘खाद्य वैङ्क’ स्थापना गरिएको छ ।

पाँचथर उद्योग वाणिज्य संघले खाद्य वैङ्क स्थापना गरेको हो । उद्योगी, ब्यवसायी तथा अन्य सहयोगीहरुले स्वेच्छिक रुपमा खाद्य सामग्री तथा रकम जम्मा गर्नसक्ने उक्त खाद्य वैङ्क सञ्चालनमा आइसकेको छ ।

खाद्य वैङ्कमा दाताहरुबाट खाद्य वस्तुहरु चामल, दाल, नुन, तेल तथा नगद सङ्कलन गरिने संघका अध्यक्ष दीपक नेपालले वताउनुभयो । यसरी सङ्कलित खाद्य सामग्री र नगद संघले जिल्लाका आठ वटै स्थानीय तहहरुलाई समानुपातिक रुपमा उपलब्ध गराउने छ । वितरण भने स्थानीय तहसँगको समन्वयमा गरिने छ ।

सरी सङ्कलित खाद्य सामग्री र नगद संघले जिल्लाका आठ वटै स्थानीय तहहरुलाई उपलब्ध गराउने छ । वितरण भने स्थानीय तहसँगको समन्वयमा गरिने छ । न्यून आय भएका परिवारहरु तथा असंगठित मजदूरहरुलाई प्राथमिकतामा राखी राहत दिन खाद्य वैङ्क स्थापना गरिएको संघले जनाएको छ ।

शनिवार साँझसम्म खाद्य वैङ्कमा पाँच हजार पाँच सय किलो चामल, १५० किलो नुन, १६० लिटर तेल, १७५ किलो दाल र रु. ९१ हजार नगद जम्मा भएको संघका अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

उद्योगी, ब्यवसायीबाट असंगठित रुपमा उपलब्ध गराइने राहत प्रभावकारी नहुने तथा वास्तविक पीडितले प्राप्त गर्न नसक्ने भएका कारण संघको मातहतमा खाद्य वैङ्क स्थापना भएको हो । सरकारले लिएको राहत वितरणका लागि एकद्वार नीतिमा निजी क्षेत्र समेत सामेल हुन उक्त पहलले सहयोग पुग्ने यहाँको निजी क्षेत्रको विश्वास छ ।

लकडाउनका कारण प्रभावित भएका विपन्न परिवार तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरुको यहाँका स्थानीय तहहरुले तथ्याङ्क सङ्कलन गरिरहेका छन् । सङ्कलित तथ्याङ्कका आधारमा प्राथमिकता छुट्टाई राहत वितरण गरिने वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्