अब लकडाउन कडा, हिँडडुलमा सीमा तोकियो



फिदिम, २२ चैत

मन्त्रिपरिषदको बैठकले लकडाउनलाई पूर्णपालना गराउने निर्णय गरेको छ ।

शनिबार बसेको बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न चालेको कदमको समीक्षा गरेको र त्यसमा मन्त्रिपरिषदले सन्तुष्टि ब्यक्त गरेको छ ।

बाहिरबाट आउनेमा कोरोनाको संक्रमण बढेको पाएपछि लकडाउनलाई पूर्ण पालना गर्न सबै निकायलाई निर्देशन दिने सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए ।

कैलाली कञ्चनपुर र बाग्लुङमा नयाँ संक्रमण देखा परेकोले ति क्षेत्रमा सम्भाव्य ब्यक्तिको परीक्षण गर्ने र शंकामा भएका ब्यक्तिलाई पुन परीक्षण गर्ने योजना रहेको बताए ।
मन्त्रिपरिषदको बैठकले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताका साथै स्वास्थ्य उपकरण छिटो उपलब्ध गराउने, बाधा उत्पन्न गर्ने बाधा पुर्याउनेलाई कारबाही गर्ने, उपचारमा संलग्न चिकित्सकको सुरक्षा प्रत्याभूति गर्ने जस्ता निर्णय पनि गरेको छ ।

कैलाली, कञ्चनपुर र बागलुङमा ¥यापिड टेस्टिङ विधिबाट कोरोना परीक्षण गरिने

सरकारले पछिल्लो पटक कोरोना भाइरसको संक्रमण देखिएका कैलाली, कञ्चनपुर र बागलुङमा ¥यापिङ टेस्टिङ विधिबाट धेरैभन्दा धेरै कोरोना आशंका गरिएका व्यक्तिमा परीक्षण गर्ने निर्णय गरेको छ ।

सो जिल्लामा कोरोनाको संक्रमण अन्त पनि फैलिएको हुनसक्ने आशंका गर्दै सरकारले यस्तो निर्णय गरेको हो ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा नयाँ केस देखिएको र अरु व्यक्ति पनि संक्रमति हुनसक्ने सम्भावनालाई ध्यान दिँदै ¥यापिड टेस्ट गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्