फिदिम–५ का वडाध्यक्ष तुम्वापोको निधन



फिदिम, २१ चैत
पाँचथरको फिदिम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लिलाराज तुम्वापोको निधन भएको छ ।

आन्तरिक रक्तश्राव र रक्तअल्पताको समस्या रहेका तुम्वापोलाई उहाँ उपचाररत झापाको विएण्डसी अस्पतालले दिउँसो २ः३० बजे मृत घोषित गरेको हो ।

ज्वरो आएपछि फिदिम स्थित पाथीभरा अस्पताल तथा सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउनुभएका उहाँ थप उपचारका लागि काठमाण्डौँ जाने तयारीसाथ बुधवार घर फर्किनुभएको थियो ।

विहीवार विहान घरैमा बेहोस् भएर ढलेपछि उहाँलाई उपचारार्थ फिदिम स्थित समर्पित अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि विहीवार दिउँसो हेलिकप्टर मार्फत उहाँलाई झापा पु¥याइएको थियो ।

विएण्डसी अस्पताका जनसम्पर्क अधिकारी प्रमिश गिरीले अस्पतालमा भर्ना हुँदासम्म उहाँको उपचारमा धेरै ढिला भइसकेको वताउनुभयो ।

विहीवार विहान घरैमा बेहोस् भएर ढलेपछि उहाँलाई उपचारार्थ फिदिम स्थित समर्पित अस्पतालमा भर्ना गरियो । थप उपचारका लागि विहीवार दिउँसो हेलिकप्टर मार्फत उहाँलाई झापा पु¥याइएको थियो ।

विएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी गिरीका अनुसार अस्पतालमा भर्ना हुँदासम्म उहाँको स्वास्थ्य अवस्था निकै जटिल भइसकेको थियो । आन्तरिक रक्तश्राव र रक्तअल्पताको समस्या रहेका तुम्वापोलाई अस्पतालले शुक्रवार दिउँसो २ः३० बजे मृत घोषित ग¥यो ।

शुक्रवार विहान तीन बजे उहाँकी श्रीमतीले फिदिम स्थित जिल्ला अस्पतालमा छोरीको जन्म दिनुभएको छ । आफन्त इन्दिरा तुम्वापोको अनुसार हिँजोदेखि सुत्केरी ब्यथा लागेकी उहाँकी श्रीमतीको ‘नर्मल डेलिभरी’ भएको हो ।

तीन वर्षअघि विवाह गर्नुभएका तुम्वापोकी दुई वर्षकी अर्की छोरी पनि छिन् । वडाध्यक्ष तुम्वापो सुत्केरी हुने क्षणमा श्रीमतीको साथै रहन घर आउनुभएको आफन्तको अनुमान छ ।

३५ वर्षीय तुम्वापो वडामा रचनात्मक कृयाकलापहरु तथा नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने विकासका कार्यहरु अघि बढाउँदै चर्चा हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध राष्ट्रिय युवा संघ पाँचथरका सहसंयोजक समेत रहनुभएका तुम्वापो युवा पुस्तामाझ लोकप्रिय हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्