नेकपा फिदिम–७ द्वारा १६ सय मास्क वितरण



फिदिम, १९ चैत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फिदिम नगरपालिका वडा नं. ७ वडा कमिटीले उक्त वडामा एक हजार ६ सय थान मास्क वितरण गरेको छ । कोभिड–१९ (कोरोना भाइरस)को सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि वडा कमिटीले मास्क वितरण गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमणको चर्चा र लकडाउनका कारण मास्क खरिद गर्न नपाएर प्रयोग गर्न नसकेका स्थानीयको सुरक्षाका लागि मास्क खरिद गरी वितरण गरिएको । मास्क वितरणसँगै नेकपाको वडा कमिटीले कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने उपायबारे स्थानीयवासीलाई जानकारी समेत गराएको छ ।

पार्टी संयन्त्रकै पहलमा विभिन्न स्थानबाट सङ्कलन गरिएका मास्क वितरण तथा सचेतना कार्यक्रमलाई अभियान नै बनाएर सम्पन्न गरिएको नेकपा फिदिम–७ का अध्यक्ष बलबहादुर राईले जानकारी दिनुभयो । लकडाउनको समय लम्बिँदै गएमा वडा कमिटीले स्थानीय स्तरमा थप सहयोगका कार्यक्रम समेत सञ्चालन गर्ने अध्यक्ष राईको भनाई छ ।

मास्क वितरण तथा सचेतना अभियानमा नेकपाका जिल्ला कमिटी सदस्यद्वय वीरेन्द्र बाँस्कोटा र सन्तकुमार राई, फिदिम नगर सचिवालय सदस्य चेतबहादुर नेम्वाङ, अनेरास्ववियू केन्द्रीय निर्वाचन आयोग सदस्य प्रदीप बाँस्कोटा सहित भातृ तथा जनवर्गीय संगठनका विभिन्न तहका नेताहरु, वडा कमिटी तथा टोल कमिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको अध्यक्ष राईले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्