नेपाललाई सहयोग गर्न चिनियाँ राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको अपील



फिदिम, १६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपील गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र पठाउनुभएको छ ।

तीन दिनअघि पठाइएको पत्रमा उहाँले कोरोना महामारी नियन्त्रण गर्न सफल भएकोमा राष्ट्रपति सीलाई बधाई समेत दिनुभएको छ ।

‘चीनले कोरोना सङ्क्रमणलाई सफलतापूर्वक नियन्त्रण गरेको मैले मिडियाहरुका समाचारबाट थाहा पाएको छु”, अध्यक्ष प्रचण्डले पत्रमा भन्नुभएको छ, “कोरोना भाइरससँगको यो लडाइँमा जित हात पारेकोमा म नेकपाका तर्फबाट बधाइ दिन चाहन्छु ।”

अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले अध्यक्ष प्रचण्डले तीन दिनअघि पत्र पठाएको वताउनुभयो । मार्च २६ को मिति राखिएको पत्र चिनियाँ दूतावासमार्फत् पठाइएको भने होइन ।

पत्रमा अध्यक्ष प्रचण्डले नेपाल अहिले यो महामारीसँग जुधिरहेको उल्लेख गर्दै सहयोगका लागि राष्ट्रपति सीलाई गर्नुभएको छ । नेपाल यो महामारीसँग जुध्नका लागि तयार अवस्थामा नरहेको भन्दै उहाँले खासगरी औषधि र अन्य मेडिकल सामग्री सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले नेपाली जनता र नेकपाका तर्फबाट जतिसक्दो छिटो सहयोग गर्न पनि अपील गर्नुभएको छ । (इकान्तिपुरबाट)

प्रतिक्रिया दिनुहोस्