
फिदिम, १६ चैत
पाँचथरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक बालिकाको ज्यान गएको छ ।
पाँचथरको याङवरक गाउँपालिका वडा नं. ४ याङसिबुङका आइतबहादुर योङहाङकी १४ वर्षीया छोरी रेश्माको पाँचथर–ताप्लेजुङ सीमावर्ती काबेली खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
शनिवार दिउँसो पौडी खेल्ने क्रममा दहमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।