हरियो साग बाँढ्दै वडाध्यक्ष



फिदिम, १५ चैत

पाँचथरको फिदिम नगरपालिका वडा नं. १ ले वडावासीलाई हरियो साग वितरण गरेको छ ।

फिदिमको शिवालय मन्दिर परिसरमा प्रत्येक शनिवार लाग्ने शनिवारे हटिया कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि बन्द गरिएपछि वडाले वडावासीलाई साग वितरण गरेको हो । वडाध्यक्ष गजाधर भट्टराईको सक्रियतामा रानीटार, नाम्दु तथा ढोडेनी क्षेत्रमा हरियो साग सङ्कलन गरी वडावासीलाई वितरण गरिएको हो ।

लकडाउनको पालनाका क्रममा घर बाहिर निस्कन नपाएका जिल्लाको सदरमुकाम समेत पर्ने फिदिम–१ का स्थानीयलाई निःशुल्क साग वितरण गरिएको वडाध्यक्ष भट्टराईले वताउनुभयो ।

फिदिम बजारवासीहरुले शनिवारे हटियाबाट साग शब्जीको खरिद गर्ने गरेका थिए । तर आजबाट उक्त हटिया कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि बन्द गरिएपछि उपभोक्ताहरु समस्यामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्