फ्रान्सबाट आएकी युवतीमा कोरोना संक्रमण



काठमाडौं, १० चैत

फ्रान्सबाट आएकी एकजना नेपाली महिलामा कोरोना भाइरस संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट १९ वर्षीया युवतीमा कोरोना देखिएको हो ।

फ्रान्सबाट गत चैत ४ गते आएर होम क्वारेन्टाइनमा राखिएकी युवती आफूलाई रुघाखोकी लागेपछि परीक्षण गर्न पुगेकी थिइन् । परीक्षणबाट उनमा कोभिड(१९ को संक्रमण देखिएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा जनस्वास्थ्य प्रयोशालामा नमूना परीक्षणको क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको बताए ।

उनी फ्रान्सबाट फर्किएर ुहोम क्वारेन्टाइनु मा बसेकी थिइन् । होम क्वारेन्टाइनमा बसेकै बेला खोकी लागेपछि स्वास्थ्य जाँचका लागि उनी टेकु अस्पताल पुगेकी थिइन् । यसअघि अर्का नेपाली नागरिकलाई कोरोना संक्रमण देखिएको थियो । तर उनी उपचारपछि ठीक भइसकेका छन् । यो सँगै नेपालमै दुईजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । (थाहा खवरबाट)

प्रतिक्रिया दिनुहोस्