जलेर वृद्धाको मृत्यु



सुनसरी, ६ चैत

सुनसरीको धरान–१६ बस्ने ९० बर्षीया आशा देवी रानाको जलेर मृत्यु भएको छ ।

विहीवार बिहान साढे ४ बजे आफ्नै घरको पूजा कोठामा धुपबाती बाल्ने क्रममा आफैँले लगाएको कपडामा अचानक आगो सल्किई आशा देवी घाइते भएकी थिइन् । उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पुर्याइएकोमा बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्