छुट्टाछुटै स्थानमा आगलागी हुँदा २५ लाख बराबरको क्षति



फिदिम, ६ चैत

प्रदेश नं. १ का खोटाङ, मोरङ र झापाका तिन स्थानमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ ।

खोटाङ हलेसी हात्तिटार बस्ने लोकेन्द्र माझीको घरबाट अचानक आगलागी हुँदा उनका छिमेकी सीता माझी र झन बहादुर थापा समेतको घरमा आगो फैलिन गई तीन वटै घरमा आगलागी हुँदा घर, सुनका गहरगना तथा अन्य सरससामान जलेर नष्ट हुँदा १७ लाख ३५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यसै गरी मोरङ बुढीगंगा–१ पुष्पलाल चोक बस्ने भवनाथ धमलाको घरमा किराना पसल समेत रहेको एक कोठामा बिजुलीको लाइन सट भई आगलागी हुँदा पसलको सामानहरु जलेर नष्ट हुँदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै झापा कमल गाउँपालिका–५ बस्ने धन बहादुर बिकको घरबाट बिजुली सर्ट भई आगलागी हुँदा छिमेकी सन्तोष विक र सुजन विक समेतको घरमा आगो फैलिएर तीन वटै घरमा आगलागी हुँदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्