पञ्चकन्याका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण



फिदिम, ३ चैत

जागरण फाउण्डेसन पाँचथरले जिल्लाको फिदिम नगरपालिका वडा नं. ७ स्थित पञ्चकन्या आधारभूत विद्यालयका ३२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले लगानीमा उक्त विद्यालयका सबै विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो । सोमवार विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरी सबै विद्यार्थीहरु सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सोही स्थानमा आफ्नो बाल्यकाल तथा किशोरावस्था पार गर्नुभएका अधिकारीले बालबालिका तथा शैक्षिक क्षेत्रसँग सम्वद्ध सरोकारवालाहरुलाई भेट्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको वताउनुयो । उहाँले आफ्नो सहयोगबाट विद्यार्थीहरु विद्यालय छोडेर जाने अवस्था अन्त्य गर्न, मेहनत साथ अध्ययनमा लाग्न र अध्ययनबाट उच्च शिक्षा हाँसिल गरी स्वदेशमै रोजगारी प्राप्त गर्न मद्दत पुगोस् भन्ने आफ्नो विश्वास रहेको वताउनुभयो ।

उक्त विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष पहलमान गुरुङले धेरै विपन्न समुदायका विद्यार्थी समेत अध्ययन गर्ने विद्यालयमा यस प्रकारका सहयोगले विद्यार्थीहरुमा हौसला बढ्ने तथा विद्यालय नआउने विद्यार्थी पनि विद्यालय आउन बल पु¥याउने वताउनुभयो । उहाँले विद्यार्थीहरुलाई विद्यालय आउने वातावरण निर्माणमा सहयोग गरेकोमा शैक्षिक सामग्रीका सौजन्यकर्ता अधिकारी र वितरणको संयोजन गर्ने फाउण्डेसनलाई धन्यवाद दिनुभयो ।

कार्यक्रमका अध्यक्ष एवम् जागरण फाउण्डेसनका अध्यक्ष प्रदीप बाँस्कोटाले विशेषत शैक्षिक सामग्रीकै अभावका कारण विद्यालय जान नसक्ने तथा विद्यालय जानबाट बञ्चित हुनुपर्ने अवस्था अन्त्य फाउण्डेसनले शैक्षिक सहयोगका कार्यक्रम गर्दै आएको वताउनुभयो । फाउण्डेसन आफैँले समेत शैक्षिक सामग्री वितरण गर्दै आएको तथा दाताहरु जुटाई उहाँहरुको सहयोग मार्फत समेत विद्यार्थीहरुलाई सहयो गर्दै आएको बाँस्कोटाले जानकारी दिनुभयो ।

यसअघि उक्त फाउण्डेसनले फिदिम नगरपालिका वडा नं. ७ कै कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुले कापी कलम किनेर प्रयोग गर्नु नपर्ने गरी शैक्षिक सामग्री वितरण गरिसकेको छ । यस्तै फिदिम–७ कै अरनिको आधारभूत विद्यालय र तुम्बेवाको एक विद्यालयमा समेत फाउण्डेसनले शैक्षिक सामग्री वितरण गरिसकेको छ ।

देउसी भैलो खेलेर, वार्षीक भित्तेपात्रो प्रकाशन गरेर फाउण्डेसनले रकम सङ्कलन गरी वितरण गर्दै आएको अध्यक्ष बाँस्कोटाले वताउनुभयो । सोमवार आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य खगेन्द्र सुवेदी, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरु, स्थानीयवासीहरु लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्