बेवारिसे अवस्थामा शव फेला



फिदिम, १ चैत

पाँचथरको मिक्लाजुङमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

साविक रबी गाविस वडा नं. ४ स्थित थामथुमखोला छेउमा स्थानीय कृष्णबहादुर तामाङको अलैंची बारीमा हालै शव फेला परेको हो । अन्दाजी ५५ वर्षको मधेशी मुलका देखिने ब्यक्तिको शव सड्न लागेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

शवको अझसम्म पहिचान हुन नसकेको र कसैले खोजी नगरेका कारण शवलाई जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । खराने रङ्गको सुरुवाल, खरानेमा कालो धर्का भएको हाफ भेस्ट लगाएको उक्त शवको पहिचान नभएका कारण उक्त हुलियाको ब्यक्तिवारे कसैलाई जानकारी भए सूचना दिन प्रहरीले अपील समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्