श्रीमानले गरे श्रीमतीको हत्या



मोरङ, २७ फागुन

मोरङको बिराटनगर महानगरपालिका–१२ मलङवाका ७२ बर्षीय परण ऋषिदेवले दाउराको चिर्पटले प्रहार गरी ७० बर्षीया आफ्नै श्रीमती सगुत्री ऋषिदेवको हत्या गरेका छन् ।

सोमवार साँझ ५ बजेको समयमा घरायसी बिबाद हुँदा आवेगमा आई परणले श्रीमतीलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गर्दा सगुत्रीको घटनास्थमला नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृत सहितको टोली खटिई शव परीक्षणको लागि कोशी अस्पताल पठाइएको तथा परणलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्