
सुनसरी, २७ फागुन
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ को भित्री सडक खण्डमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।
सोमवार दिउँसो साँढे ३ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १२ प ४२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका स्थानीय ६० बर्षीय झबर मेहताको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल र चालक प्रहरी चौकी भोक्राहाले नियन्त्रणमा लिएको छ ।