कटुवा पेस्तोल सहित १ जना पक्राउ



झापा, २७ फागुन

झापाको दमक नगरपालिका–३ मावाखोला पुलबाट कटुवा पेस्तोल सहित १ जना पक्राउ परेका छन् ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका–९ का ४४ बर्षीय मेघराज गौतमलाई १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको गोली १ थान र खाली खोका २ थान सहित पक्राउ गरेको हो । हतियार सहित पक्राउ परेका निजको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्