रूखले किचेर एक जनाको मृत्यु



इलाम, २६ फागुन

इलामको माङसेबुङ गाउँपालिका–६ नागी बस्ने २६ बर्षीय भुपाल राईको रूखले किचेर मृत्यु भएको छ ।

आइतवार दिउँसो २ बजे घर नजिकै रहेको कटुसको रूख ढाल्ने क्रममा रूख ढलेर आफैँलाई किच्दा घाइते भएका राईलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानएको छ ।

प्रतिक्रिया दिनुहोस्