८ मार्चः हरेक ठाउँमा सहभागिता मात्र होइन, अर्थपूर्ण उपस्थिति



सत्य पहाडी

हरेक वर्ष ८ मार्चलाई विश्वभरका महिलाहरुले विशेष उत्सवको रुपमा मनाउने गर्दछौँ । महिलाहरुको इतिहास वर्तमान र भविश्यको कडीलाई जोड्न हुँदै आएका प्रयास र सफलताहरु प्रति गर्व गर्दै, बाँकी अधिकार प्राप्तिका लागि गर्र्ने संकल्प र प्रतिवद्धता एवं अवसरका रुपमा समेत ८ मार्चलाई लिने गरिएको छ । यस दृष्टिमा ८ मार्च स्वंयममा जागरण, एकता र संघर्ष र प्रतिवद्धताको दिन पनि बन्ने गरेको छ ।

कुनै अस्तित्वमा रहेको मातृसत्ता समय क्रम्म पितृसत्ता परास्त हुनु पुगेसँगै क्रमश: महिलाहरु दोस्रो दर्जाको नागरिक बन्न बाध्य भए । राजनीतिक आर्थिक, सामाजिक, एवं संस्कृतिक सवै दृष्टिले अधिकारविहीन भएका पुरुषको सेवक र मनोरञ्जनको साधन बन्न पुगे । सोही अनुरुपको संवैधानिक व्यवस्था र सामाजिक मुल्य समेत तयार हुँदै गए । मानवीय मूल्यको आधा भार बोकी रहेका महिलाहरु त्यसरी दोस्रो दर्जाको नागरिक बनि रहन सक्ने कुरा सम्भव हुँदैन्थ्याँे र हुँदैँन पनि । आफूमाथिको दम र विभेदका विरुद्धमा महिलाहरुले बिभिन्न प्रकारका विरोधहरु जनाउन सुरु गरे ।

संगठित आवाजहरु उठाउन सुरु गरे । कतै अधिकारका लागि कुरा उठाउन सुरु गरे । कतै समान कामको समान ज्यालाको निम्ति आवाज वुलुन्द गर्न थाले । बिभिन्न मुलुकमा हुँदै आएका महिला आन्दोलनको समान स्वरुप ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय पहिलो पटक समाजबादी नेतृ कलाराष्जेर्कीण पहलमा सन् सन् १९११ को दोस्रो अन्तराष्ट्रिय महिला सम्मेलनले गर्र्यो । ८ मार्चको भावना पृतिसत्तामाथि मातृसत्ताको पुनस्र्थापना नभएर सवै क्षेत्रमा समानता हो । समानताको अर्थ सवै अधिकारको प्राप्ति र त्यसको निर्वाध प्रयोग हो ।

एक शताव्दी भन्दा केही बढी वर्ष वितेका छन् । यस क्रम्म महिलाहरुले बिभिन्न क्षेत्रमा अधिकार प्राप्त गदै आएका छन् । तर प्राप्त अधिकार अझै प्रयाप्त छैन्न । तसर्थ यस क्रम्म प्राप्त भएका उपलव्धि र अधिकारहरु प्रति गौरव गर्दै थप अधिकार प्राप्तिका निम्ति अझ सुसंगठित भएर लाग्नु वर्तमान आवश्यकता हो । नेपालको सन्दर्भमा हेर्दा भेदभाव विना समान बंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्वन्धि हक, राज्यका सवै निकायमा समानुपातिक, समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक, महिलाहरुलाई सकरात्मक विभेदका आधारमा शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षामा विशेष अवसर प्राप्त गर्ने हक, सम्पत्ति र पारिवारीक मामलामा दम्पत्तिको समान हक, महिला विरुद्ध हुने कुनै खालको हिंसा कुनै पनि नाममा गर्न नपाईने कुराको मौलिक अधिकार हो भन्ने संवैधानिक व्यवस्था हुनु, आफँैमा ठूलो उपलब्धि हो ।

यो अधिकार प्राप्तिका लागि संर्घषका क्रम्म नेपाली महिलाले प्राप्त गरेको महत्वपूर्ण अस्त्र वा साधन पनि हो । संविधानमा व्यवस्था गरिएका अधिकार को महिलाहरुले केही हदसम्म उपयोग गर्न सुरु गरेका छन् । संविधानले गरेका विशेष अधिकारको उपयोगका अलवा बिभिन्न क्षेत्रमा महिलाले आफ्नो विशेष क्षमता पनि प्रदर्शन गर्दै आएका छन् ।

चाहे जनयुद्ध, जनआन्दोलनको अग्रमोर्चामा महिलाले खेलेको भूमिका होस । चाँहे राष्ट्र प्रमुख, न्यायालय प्रमुख, व्यवस्थापिका प्रमुखमा महिलाहरुले कुशलतापूर्वक निवाह गदै आएका जिम्मेवारीको विषय होस् । चाँहे हिमाल आरोहणका साहसिक र वीरतापूर्ण कार्यहरुमा होस चाँहे अन्य सामाजिक सेवाहरुका क्षेत्रहरुमा नेपाली महिलाहरुले आफ्नो कर्मद्वारा नेपाली महिलाको हैसियत र महत्वलाई उजागर गर्दै आएका छन् ।


यी विषय पनि नेपाली महिलाहरुको निम्ति उत्तिकै गौरव गर्न लायक छन् । विद्यालय जाने छोरीहरुको संख्या बढ्दै छ । मातृ मृत्युदर घट्दो अवस्थामा छ । घरदैलो भित्रको काममा सीमित महिलाहरुको ठूलो संख्य घर बाहिरको उत्पादनशील क्षेत्रमा पुरुषसँग काँधमा जोडेर भाग लिन सुरु गरेका छन् । यी विषयहरु महिलामुक्तीका सुखद पक्षहरु हुन् । माथी उल्लेखित उपलव्धि र गौरवको चर्चा गरिरहदा हामीले यो पनि बिर्सनु हुँदैन । यी समानताको आन्दोलनलाई पूर्णता दिन र त्यसको सम्पूर्ण रुपमा व्यवहारिक कार्यान्वयन गर्न अझै बाँकी रहेको छ ।

त्यसका निम्ति हामीले अझै संगठिक रुपमा आवाज उठाई रहनुपर्ने छ । राजनीतिक पक्षमा ५० प्रतिशत सहभागिताको कुरा, आर्थिक सामाजिक रुपले अंश र वंशमा समान हकको कुरा लागू गर्न थप मेहनत गर्नु पर्दछ । छोरी जन्मिदा पीडा बोध गर्ने समाजमा छोरा जन्मिदा अनिवार्य ठान्ने हाम्रा सामाजिक मूल्य केही हदसम्म कायम छन् । समान कामको समान ज्याला प्राप्ति र योग्यता अनुसारको काम प्राप्त गर्ने कुरापनि सममस्य रहदै आएका छन् ।

बालिका र वृद्धाहरु समेत यौन हिंसाको सिकार बन्ने घटनाहरु महिलाहरुको समान अधिकारको अभियानमा केही चुनौतीहरु बनिरहेका छन् । ८ मार्चले समाधानका निम्ति सवैलाई संगठित रुपमा लाग्न प्रेरित गर्नु पर्दछ । यसको निम्ति हामी सवैलाई ८ मार्चको प्रेरणा मिलोस भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु । (लेखकः पूर्व शान्ति तथा पुनःनिर्माण मन्त्री एवं प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्