ब्राउनसुगर सहित दुई जना पक्राउ



झापा, २२ फागुन

झापा अर्जुनधारा–११ का २३ बर्षीय समिर माझी र २२ बर्षीय सुरज माझी लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन ।

हिजो अपरान्ह पौने ५ बजे भारतीय बजार पानीटंकीबाट काँकडभिट्टा सीमा क्षेत्रतर्फ आइरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट ४.५ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाइ इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । मंगलबार मात्रै झापाको विर्तामोड स्थित बसपार्कबाट लागूऔषधसहित छ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्