ब्राउनसुगर सहित दुई जना पक्राउ



झापा, २२ फागुन

झापाको काँकडभिट्टा–६ भन्सार मुलगेट अगाडीबाट लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–४ का २७ बर्षीय निशान राई र झापा दमक–१ का २४ बर्षीय रोशन पोदार रहेका छन ।

आज अपरान्ह सवाँ ३ बजे को ९ प ३६३१ नम्बरको मोटरसाइकलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई मोटरसाइकल चेकचाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङकी भित्र प्लास्टिकमा पोको पारेर लुकाएर राखिएको अवस्थामा २६ ग्राम खैरो हिरोइन (ब्राउनसुगर) फेला पारेरको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ । झापामा ब्राउनसुगर सहित हिजो र मंगलबार मात्रै आठ जना पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्