लागूऔषध सहित छ जना पक्राउ



झापा, २१ फागुन

झापा अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क छेउको एक होटलबाट लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द–३ का २५ बर्षीय बिबेक तामाङ ,२१ बर्षीय समीर लिम्बू, २४ बर्षीय सन्जु चेम्जोङ, १८ बर्षीय दीपेन नेम्वाङ, झापा अर्जुनधारा–६ का १८ बर्षीय रोशन गुरुङ र इलाम तेनपा(२ का २० बर्षीय सन्तोष तामाङ रहेका छन ।

बिशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटलको एक कोठामा चेकजाँच गर्ने क्रममा ३९ ग्राम, २९ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ थालमा राखेको अवस्थामा फेला पारी मानिस सहितलाई पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ । पक्राउ परेका ६ जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्