

काठमाडौँ, २१ फागुन
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको प्रत्यारोपण शल्यक्रिया बुधबार दिउँसो तीन बजेतिर सम्पन्न भएको हो ।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजेर पाँच मिनेट जाँदा अप्रेशन थिएटरमा छिराइएको थियो । प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् ।
प्रत्यारोपणका लागि चार घण्टा ४५ मिनेट लागेको हो । सामान्यतया मिर्गौला प्रत्यारोपण शल्यक्रियाका लागि तीनदेखि पाँच घण्टा लाग्छ । प्रत्यारोपणको १५ मिनेटपछि प्रधानमन्त्री ओलीले पाँच सय एमएल पिसाब गरेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रत्यारोपित नयाँ मिर्गौलाले काम गर्न थालेको छ । ओलीको दोस्रो पटक बुधबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको हो ।
प्रधानमन्त्री ओलीको होस खुलेको छ । शल्यक्रिया सफल भएसँगै प्रधानमन्त्री ओलीलाई अप्रेशन थिएटरबाट आईसीयूमा सारिएको छ । केहीबेरअघि अस्पतालले पत्रकार सम्मेलन गर्दै प्रत्यारोपण सफल भएको र प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्काले भन्नुभयो, ‘उहाँको सबै सुचांकहरु राम्रो अवस्थामा रहेका छन् । प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न थालेको छ ।’ प्रत्यारोपणको १५ मिनेटपछि प्रधानमन्त्री ओलीले पाँच सय एमएल पिसाब गर्नुभएको थियो ।
प्रत्यारोपणमा संलग्न चिकित्सक टोलीले स्वास्थ्य तथा जनसख्यामन्त्री भानुभक्त ढकाल र प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाललाई जानकारी गराएपछि रिपोर्ट सार्वजनिक गरिएको हो । प्रा.डा. खड्काका अनुसार प्रत्यारोपणका लागि चार घण्टा ४५ मिनेट लागेको थियो ।
ओलीको मिर्गौला प्रत्यारोपण सफल भएपछि सहभागी चिकित्सकहरु उत्साहित भएका छन् । प्रधानमन्त्रीको जटिल मानिएको प्रत्यारोपण स्वदेशमै गर्न सफल भएपछि चिकित्सकहरु खुशी भएका हुन् ।
प्रत्यारोपण शल्यचिकित्सामा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. अनन्तकुमार लगायतको टोली सहभागिता थियो । त्यस्तै चिकित्सा टोलीमा प्रा.डा. दिव्यसिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, रविन नेपाली लगायतका चिकित्सकको सहभागिता थियो । यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा.डा. सुवास आचार्य लगायतको सहभागिता थियो । शल्यक्रिया सफल भएको जानकारी सार्वजनिक भएपछि नेकपाका नेता तथा कार्यकर्ताहरुले पनि खुशी व्यक्त गरेका छन् ।
यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्रा.डा. सुवास आचार्य लगायतको सहभागिता थियो । शल्यक्रिया सफल भएको जानकारी सार्वजनिक भएपछि नेकपाका नेता तथा कार्यकर्ताहरुले पनि खुशी व्यक्त गरेका छन् ।