कोभिड–१९ हुँदा मृत्यु हुने सम्भावना कति ?



कोरोनाभाइरस अहिले झन्डै ७० वटा देशमा फैलिसकेको छ । अहिले कोरोनाभाइरस सङ्क्रमण भएका १,००० बिरामीमध्ये पाँचदेखि ४० जनासम्मको ज्यान जाने गरेको अनुसन्धानकर्ताहरूको अनुमान छ । त्यति संख्यामा सङ्क्रमण हुँदा नौ जना अर्थात् एक प्रतिशतको मृत्यु हुने अनुमानलाई सबैभन्दा उपयुक्त मानिएको छ ।

यूकेका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार सरकारले गरेको “सबैभन्दा उत्तम आकलन” मा मृत्युदर दुई प्रतिशत वा त्यो भन्दा कम देखिएको छ । तर मृत्युदर विभिन्न कुरामा निर्भर गर्छ । बिरामीको उमेर, लिङ्ग र सामान्य स्वास्थ्य तथा स्वास्थ्य प्रणालीमा पनि त्यो भर पर्छ ।
मृत्युदर पत्ता लगाउन कति कठिन छ ?

यो विद्यावारिधि तहजत्तिकै कठिन छ । सङ्क्रमणको गण गर्न पनि निकै गाह्रो हुन्छ । भाइरसले गर्ने अधिकांश सङ्क्रमणको गणना नै हुँदैन । किनभने मानिसहरू साधारण लक्षण देखिँदा चिकित्सककहाँ जाँदैनन् । विश्वभरि भिन्न स्थानमा भिन्न मृत्युदर देखिएको छ । भाइरसका भिन्न संस्करणका कारण त्यस्तो हुने सम्भावना देखिँदैन ।

देशहरूमा सङ्क्रमण पत्ता लगाउने र गणना गर्ने क्षमतामा एकरूपता नभएकाले मृत्युदर भिन्न देखिएको लन्डनस्थित इम्पीरीअल कलेजको अनुसन्धानले देखाएको छ । तसर्थ जानकारीमा नआएका सङ्क्रमणका कारण मृत्युदरको अधिक गणना गर्न सहज हुन जान्छ । तर यो ठ्याक्कै उल्टो पनि हुन सक्छ ।

कुनै पनि सङ्क्रमण निको हुन वा त्यसका कारण मृत्यु हुन समय लाग्छ । सङ्क्रमणको पूर्ण चक्र पार नगरिसकेका सबै जनालाई गणना गर्दा मृत्युदर कम आकलन हुन जान्छ । किनभने अन्ततस् मृत्यु हुने बिरामी छुट्न सक्छन् ।

मृत्युदरको स्थिति बुझ्न वैज्ञानिकहरू प्रत्येक प्रश्नसँग सम्बन्धित सबै प्रमाणहरू एकीकृत गर्छन् । उडानबाट फर्काइएका यात्रु, साधारण लक्षण देखा परेका र निकै कडा निगरानीमा राखिएका बिरामी तथा तोकिएको सानो समूहका मानिसको सङ्क्रमणको अनुपात गणना गरिन्छ ।

तर त्यस्ता प्रमाणका अंशबाट आएको अलिकति फरक उत्तरले पनि समग्र चित्रमा ठूलो परिवर्तन गरिदिन सक्छ । अन्यत्रभन्दा उच्च मृत्युदर भएको चीनको हुबे प्रान्तको मात्र तथ्याङ्क प्रयोग गर्ने हो भने समग्र मृत्युदर निकै नै खराब देखिन्छ । त्यसैले वैज्ञानिकहरू एउटा सीमा बताउँछन् र विद्यमान सर्वोत्तम अनुमानित संख्या पनि । तर त्यसले पनि सबै कुरा भन्दैन किनभने मृत्युदर एउटै मात्र छैन ।

कोरोनाभाइरस सङ्क्रमण हुँदा केही प्रकारका मानिसमा मृत्यु हुने सम्भावना अधिक हुन्छ । त्यस्ता व्यक्तिमा वृद्ध, अस्वस्थ र सम्भवतः पुरुष पर्छन् । चीनका ४४,००० भन्दा बढी सङ्क्रमणको विश्लेषणसहित गरिएको पहिलो अनुसन्धानमा अधबैँसे उमेरका मानिसको तुलनामा वृद्ध मानिसको मृत्युदर १० गुना भएको पाइएको थियो ।

तीस वर्षभन्दा मुनि उमेर समूहमा मृत्युदर एकदमै कम पाइएको थियो । त्यस्तो उमेर समूहका ४,५०० सङ्क्रमणमा आठ जनाको मात्र मृत्यु भएको थियो । अनि मधुमेह, उच्च रक्तचाप, मुटु वा श्वासप्रश्वास सम्बन्धी समस्या भएका मानिसमा मृत्युदर पाँचगुना बढी पाइएको थियो । त्यस्तै महिलाको तुलनामा पुरुषको मृत्युदर केही बढी देखिएको छ ।

यी सबै कारणले एकअर्कालाई प्रभाव पार्छन् र हामीले अहिलेसम्म पनि सबै स्थानका प्रत्येक किसिमका मानिसका लागि कस्ता खतरा छन् भन्ने पूर्ण तस्बिर पाउन सकेका छैनौँ । चीनमा बस्ने ८० वर्षका पुरुषको समूह र युरोप वा अफ्रिकामा बस्ने त्यही उमेर समूहका पुरुषका लागि खतरा निकै फरक हुन सक्छ ।

तपाईंको रोगको निदान तपाईंले पाउने उपचारमा पनि भर पर्छ । के उपलब्ध छ र महामारी कुन चरणमा छ भन्नेमा पनि यो निर्भर हुन्छ । केही क्षेत्रमा मात्र विशेष स्वास्थ्यसेवा उपलब्ध छ । त्यसैले यदि महामारी फैलियो भने स्वास्थ्यसेवा प्रणालीहरू समस्याग्रस्त बन्न सक्छन् ।

हामी मृत्युदरलाई तुलना गर्न सक्दैनौँ किनभने सामान्य रुघाखोकीको लक्षणका बेला कहिल्यै पनि मानिसहरू चिकित्सककहाँ जाँदैनन् । त्यसैले हामीलाई प्रत्येक वर्ष कति रुघाखोकीका सङ्क्रमण भए वा नयाँ भाइरस सङ्क्रमण भए भन्ने थाहा हुँदैन । तर रुघाखोकीले लगातार मानिसहरूको मृत्यु भइरहेको छ र प्रत्येक वर्षको जाडोमा यस्तो हुने गर्छ ।

तथ्याङ्क परिपक्व हुँदै जाँदा वैज्ञानिकहरूले कोरोनाभाइरसको प्रकोप आइपर्दा को सबैभन्दा बढी खतरामा हुनेछन् भन्ने स्पष्ट चित्र विकास गर्न सक्नेछन् । श्वासप्रश्वासबाट सर्ने भाइरसबाट जोगिन हात धुनुपर्ने सुझाव विश्व स्वास्थ्य सङ्गठनले दिएको छ । खोक्ने र हाछ्युँ गर्ने मानिसबाट जोगिएर र आफ्ना आँखा, नाक र मुख नछोएर पनि तपाईं आफूलाई भाइरसबाट केही मात्रामा बचाउन सक्नुहुनेछ ।

गर्न पनि निकै गाह्रो हुन्छ । भाइरसले गर्ने अधिकांश सङ्क्रमणको गणना नै हुँदैन । किनभने मानिसहरू साधारण लक्षण देखिँदा चिकित्सककहाँ जाँदैनन् । विश्वभरि भिन्न स्थानमा भिन्न मृत्युदर देखिएको छ । भाइरसका भिन्न संस्करणका कारण त्यस्तो हुने सम्भावना देखिँदैन ।

देशहरूमा सङ्क्रमण पत्ता लगाउने र गणना गर्ने क्षमतामा एकरूपता नभएकाले मृत्युदर भिन्न देखिएको लन्डनस्थित इम्पीरीअल कलेजको अनुसन्धानले देखाएको छ । तसर्थ जानकारीमा नआएका सङ्क्रमणका कारण मृत्युदरको अधिक गणना गर्न सहज हुन जान्छ । तर यो ठ्याक्कै उल्टो पनि हुन सक्छ ।

कुनै पनि सङ्क्रमण निको हुन वा त्यसका कारण मृत्यु हुन समय लाग्छ । सङ्क्रमणको पूर्ण चक्र पार नगरिसकेका सबै जनालाई गणना गर्दा मृत्युदर कम आकलन हुन जान्छ । किनभने अन्ततस् मृत्यु हुने बिरामी छुट्न सक्छन् ।

मृत्युदरको स्थिति बुझ्न वैज्ञानिकहरू प्रत्येक प्रश्नसँग सम्बन्धित सबै प्रमाणहरू एकीकृत गर्छन् । उडानबाट फर्काइएका यात्रु, साधारण लक्षण देखा परेका र निकै कडा निगरानीमा राखिएका बिरामी तथा तोकिएको सानो समूहका मानिसको सङ्क्रमणको अनुपात गणना गरिन्छ ।

तर त्यस्ता प्रमाणका अंशबाट आएको अलिकति फरक उत्तरले पनि समग्र चित्रमा ठूलो परिवर्तन गरिदिन सक्छ । अन्यत्रभन्दा उच्च मृत्युदर भएको चीनको हुबे प्रान्तको मात्र तथ्याङ्क प्रयोग गर्ने हो भने समग्र मृत्युदर निकै नै खराब देखिन्छ । त्यसैले वैज्ञानिकहरू एउटा सीमा बताउँछन् र विद्यमान सर्वोत्तम अनुमानित संख्या पनि । तर त्यसले पनि सबै कुरा भन्दैन किनभने मृत्युदर एउटै मात्र छैन ।

कोरोनाभाइरस सङ्क्रमण हुँदा केही प्रकारका मानिसमा मृत्यु हुने सम्भावना अधिक हुन्छ । त्यस्ता व्यक्तिमा वृद्ध, अस्वस्थ र सम्भवतः पुरुष पर्छन् । चीनका ४४,००० भन्दा बढी सङ्क्रमणको विश्लेषणसहित गरिएको पहिलो अनुसन्धानमा अधबैँसे उमेरका मानिसको तुलनामा वृद्ध मानिसको मृत्युदर १० गुना भएको पाइएको थियो ।

तीस वर्षभन्दा मुनि उमेर समूहमा मृत्युदर एकदमै कम पाइएको थियो । त्यस्तो उमेर समूहका ४,५०० सङ्क्रमणमा आठ जनाको मात्र मृत्यु भएको थियो । अनि मधुमेह, उच्च रक्तचाप, मुटु वा श्वासप्रश्वास सम्बन्धी समस्या भएका मानिसमा मृत्युदर पाँचगुना बढी पाइएको थियो । त्यस्तै महिलाको तुलनामा पुरुषको मृत्युदर केही बढी देखिएको छ ।

यी सबै कारणले एकअर्कालाई प्रभाव पार्छन् र हामीले अहिलेसम्म पनि सबै स्थानका प्रत्येक किसिमका मानिसका लागि कस्ता खतरा छन् भन्ने पूर्ण तस्बिर पाउन सकेका छैनौँ । चीनमा बस्ने ८० वर्षका पुरुषको समूह र युरोप वा अफ्रिकामा बस्ने त्यही उमेर समूहका पुरुषका लागि खतरा निकै फरक हुन सक्छ ।

तपाईंको रोगको निदान तपाईंले पाउने उपचारमा पनि भर पर्छ । के उपलब्ध छ र महामारी कुन चरणमा छ भन्नेमा पनि यो निर्भर हुन्छ । केही क्षेत्रमा मात्र विशेष स्वास्थ्यसेवा उपलब्ध छ । त्यसैले यदि महामारी फैलियो भने स्वास्थ्यसेवा प्रणालीहरू समस्याग्रस्त बन्न सक्छन् ।

हामी मृत्युदरलाई तुलना गर्न सक्दैनौँ किनभने सामान्य रुघाखोकीको लक्षणका बेला कहिल्यै पनि मानिसहरू चिकित्सककहाँ जाँदैनन् । त्यसैले हामीलाई प्रत्येक वर्ष कति रुघाखोकीका सङ्क्रमण भए वा नयाँ भाइरस सङ्क्रमण भए भन्ने थाहा हुँदैन । तर रुघाखोकीले लगातार मानिसहरूको मृत्यु भइरहेको छ र प्रत्येक वर्षको जाडोमा यस्तो हुने गर्छ ।

तथ्याङ्क परिपक्व हुँदै जाँदा वैज्ञानिकहरूले कोरोनाभाइरसको प्रकोप आइपर्दा को सबैभन्दा बढी खतरामा हुनेछन् भन्ने स्पष्ट चित्र विकास गर्न सक्नेछन् । श्वासप्रश्वासबाट सर्ने भाइरसबाट जोगिन हात धुनुपर्ने सुझाव विश्व स्वास्थ्य सङ्गठनले दिएको छ । खोक्ने र हाछ्युँ गर्ने मानिसबाट जोगिएर र आफ्ना आँखा, नाक र मुख नछोएर पनि तपाईं आफूलाई भाइरसबाट केही मात्रामा बचाउन सक्नुहुनेछ । बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्