कन्टेनरको ठक्करबाट मृत्यु



सुनसरी, १९ फागुन

सुनसरीको कोशी गाउँपालिका–४ पूर्व पश्चिम राजमार्गमा कन्टेनरको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

शनिवार राती सवा १० बजेको समयमा उक्त स्थानमा मागी खादै हिड्ने मानसिक सन्तुलन ठिक नभएको अन्दाजी ५० बर्षको पुरुष ब्यक्तिको ना ३ ख ७९११ नम्बरको कन्टेनरले ठक्कर दिंदा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने कन्टेनर र चालकलाई इलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ ।

यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ४० बर्षीय राजु बिकको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार दिउँसो ४ बजे घर नजिकै रहेको पैनीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफ्नै शरिरमा करेन्ट लाग्दा घाइते भएका विकको उपचारको क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा साँझ ५ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्