अबैधरुपमा निर्यात भइरहेको सामान बरामद



झापा, १९ फागुन

झापाका ३ छुट्टा–छुट्टै स्थानबाट ठूलो परिमाणमा अबैधरुपमा निर्यात भइरहेको करिव १५ लाख रुपैयाँ मूल्य बराबरको समान बरामद भएको छ ।

शनिवार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापाको कचनकवल गाउँपालिका–४ बाट अबैध रुपमा नेपालबाट भारत तर्फ साइकलमा लोड गरेर लैजाँदै गरेको हरियो मटर र मरिच गरी ८ लाख ९५ हजार रुपैयाँ बराबरको समान बरामद गरेको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ बाट नेपालबाट भारत तर्फ लैजाँदै गरेको १ लाख ६६ हजार रुपैयाँ बराबरको लत्ता कपडा बरामद गरेको छ भने जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ बाटै करिव ५ लाख २८ हजार रुपैयाँ बराबरको सुपाडी र हरियो मटर बरामद गरेको थियो । अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्